बोगटीका परिवारको प्रधानमन्त्रीलाई आग्रह, ‘संविधान दिएर उहाँको सपना पूरा गर्नुस्’

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीका परिवारले समयमै संविधान जारी गर्न प्रधानमन्त्री सुशील bp bogati 12कोइरालालाई आग्रह गरेका छन् ।
बोगटीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका उनलाई बोगटी पत्नि राममायाले त्यस्तो आग्रह गरेकी हुन् ।

उनले आफ्ना श्रीमानको सपना समयमै संविधान जारी गरेर मुलुकलाई आर्थिक विकासमा अगाडि बढाउने रहेको भन्दै संविधान निर्माणमा गम्भीर हुन आग्रह गरिन् ।

‘उहाँको सपना मुलुकमा समयमै संविधान जारी गरेर मुलुकलाई आर्थिक उन्नतिमा लैजाने थियो’, बोगटीले भनिन्, ‘तपाईं यसबारेमा गम्भीर भएर अघि बढ्नुभयो भने उहाँको सपना पूरा हुने थियो ।’
जवाफमा प्रधानमन्त्री कोइरालाले तोकिएकै समयमा संविधान जारी गर्न आफू प्रयासरत रहेको बताए । उनले सबै पक्षलाई विश्वसमा लिएर समयमै संविधान जारी गर्ने विश्वास दिलाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us