संसदीय समितिले बाेलायाे शिक्षा सचिवलाई

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १३:२४ मा प्रकाशित
काठमाण्डु, ३० भदाै – व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति, शिक्षा उपसमितिको सोमबारको बैठकले शिक्षा मन्त्रालय र मातहतका निकायबाट चालु कार्यक्रम तथा प्रगतिका सम्बन्धमा जानकारी दिन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र विभागीय प्रमुखलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।उपसमितिका संयोजक सभासद् डा गणेशमान गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २ गते सचिव पण्डित, विभागका महानिर्देशक डा लवदेव अवस्थी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झालगायत पदाधिकारीलाई आमन्त्रण गरिएको हो।समितिले चालु विद्यालय क्षेत्र सुधार कार्यक्रम, पाठ्यपुस्तक उत्पादन र वितरण, साक्षरता कार्यक्रम, संस्थागत विद्यालयमा मनोमानी शुल्कवृद्धिलगायत विषयमा जानकारी माग्ने भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us