राप्रपा नेपालले राजनीतिक सभा बहिष्कार गर्ने

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ११:२८ मा प्रकाशित

काठमाण्डु, ३० भदाै – राजनीतिक दलकाे लामाे रस्साकस्सीपछि  हुने भनिएकाे   सर्वदलीय राजनीतिक सभा राप्रपा नेपालले बहिष्कार गर्ने भएको छ ।

kamal-thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरे सर्वदलीय सभा बहिष्कारको घोषणा गरेका हुन् ।

राप्रपा नेपालले संघीयता, धर्मनिरपेक्षता अादि विषयमा जनमतसङ्ग्रहकाे माग गरिरहेका छ ।

संविधानसभा बाहिर रहेको नेकपा-माओवादीलाई पनि संविधान लेखनमा सहभागी गराउन मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा सर्वदलीय राजनीतिक सभा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us