महिला स्वयंसेविकाको भत्ता पचाउनेविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १०:४५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ – महिला स्वास्थ्य स्वयंसेविकाको बैठक भत्ता कार्यक्रम नै नगरी झुठ्ठा बिल भरपाई बनाएर खाने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका कर्मचारीविरुद्ध मुद्धा दायर भएको छ ।

akhtiyarमहिला स्वास्थ्य स्वयंसेविकाको समीक्षा गोष्ठी, रिफ्रेसर रिभ्यु मिटिङ लगायतका कार्यक्रम संचालन गर्न पेश्की लिई कार्यक्रम नै नगरी झुठ्ठा बिल भरपाई बनाउने, कार्यक्रम गरेको भनी भत्ता बुझ्ने, नक्कली बिल भरपाईको भुक्तानी प्रमाणित गर्ने लगायतकाकार्यमा संलग्न कार्यालय प्रमुख डा सुशीलनाथ प्याकुरेल, परिवार नियोजन सुपरभाइजर अजयकुमार श्रीवास्तव, लेखा अधिकृत भोजबहादुर थापा, लेखापाल मानकुमार तिम्ला, कार्यक्रम फोकल पर्सन चन्द्रमणि अधिकारी समेत ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनीहरुलाई ६ लाख ९८ हजार १ सय ३० रुपैया बिगो अख्तियारले ठहर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us