काठमाण्डु, ३० भदौ – एकीकृत माओवादीले पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनमा शोक विज्ञप्ति जारी गरेको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय समितिको आकस्मीक बैठकले सो बैठकले पार्टीका सबै स्तरका कार्यालयमा ३ दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेका हो ।
साथै ३ दिनसम्म कुनैपनि निर्णय नगर्ने र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
बोगटीको सम्झनामा असोज ५ गते श्रद्धाञ्जलीसभा गर्ने निर्णयसमेत पारित गरेको छ ।
विज्ञप्तिमा बोगटीको निधनबाट पार्टीलाई पुगेको अपूरणिय क्षतीप्रति सिङगो पार्टी स्तब्ध बनेको उल्लेख छ ।
शोकमा परेका परिवारजनमा धैर्यधारणको शक्ति आओस् भन्ने कामना गरिएको छ ।
मस्तिस्कघात र पक्षघात एकैपटक भएका बोगटीको उपचारको क्रममा सोमबार बिहान ७ : २५ मा निधन भएको हो ।