प्रचण्डले ओढाए बोगटीको शवमा झण्डा

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ८:०८ मा प्रकाशित

काठमाण्डु, ३० भदौ – एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई श्रद्धान्जली दिने क्रम जारी छ ।

prachandaएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए । प्रचण्डसँगै एमाओवादी नेता बाबुराम भट्टराई , उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी लगायतका उपस्थित भएका थिए ।

नेकपा– माओवादी अध्यक्ष मोहन वैद्य , महासचिव रामबहादुर थापालगायतका नेताहरुले श्रद्धान्जली चढाएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा , अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पनि पुष्पगुच्छासहित श्रद्धान्जली दिएका थिए ।

एमाओवादी नेता तथा कार्यकर्ता शवको पछाडि उभिएका छन् । बोगटीको शव श्रद्धान्जलीका लागि खुलामञ्चमा राखिएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us