
काठमाण्डु, ३० भदौ– एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण आज संविधानसभा र संसद्को बैठक स्थगित गरिएको छ।
संविधानसभा बैठक सुरु भए लगत्तै अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा र संसद दुवैको बैठक स्थगित गर्ने निर्णय सुनाएका हुन् ।
अब असोज १ गते ११ बजे संबिधानसभा बैठक र साँझ ५ बजे संसद बैठक बस्नेछ ।
एमाओवादी उपाध्यक्ष बोगटीको हृदयघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको शवलाई अन्तिम श्रद्धान्जलीको लागि खुलामञ्चमा राखिएको छ ।