बोगटीको निधनमा विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ६:०० मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनको शोकमा उनको गाउँ नुवाकोट तुप्चे–२ अक्करेस्थित चण्डेश्वरी उच्चमाविले पठनपाठन बन्द गरेको छ ।
विद्यालयका प्रधानाध्यापक हरि रिजालले बोगटीको शोकमा विद्यालय बन्द गरिएको बताए । ‘उहाँको शोकमा आज एक दिनका लागि विद्यालय बन्द गरिएको छ’, रिजालले काठमाण्डु टुडेसँग भने, ‘थप केही दिन स्कुल बन्द गर्नेबारे सल्लाह भइरहेको छ ।’

बोगटी उक्त विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य हुन् । सो विद्यालयका लागि उनले करिब साढे दुई रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । यसैबीच नुवाकोटबासी बोगटीप्रति श्रद्धाञ्जली दिन काठमाण्डु ओइरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us