काठमाण्डु, ३० भदौ– एमाले भातृ संगठन युवा संघको कार्यबाहक अध्यक्षमा निरु पाल चयन भएकी छन् ।

संघका अध्यक्ष महेश बस्नेतले आफू उद्योगमन्त्रीमा नियुक्त भएपछि पाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले कर्णबहादुर थापालाई हटाएर बस्नेतलाई शुक्रबार उद्योगमन्त्री बनाएका थिए । संस्थागत निर्णयविपरीत मन्त्री हेरफेर गरिएको भन्दै एमालेमा विवाद चर्किएको छ ।