बोगटीको शव खुलामञ्चमा

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ४:४२ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि काठमाण्डुको खुलामञ्चमा राखिएको छ ।

pb bogati in hospitalबोगटीको शब पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट खुलामञ्च पुर्‍याइएको हो ।

त्यसअघि बिहान नौदेखि ११ बजेसम्म उनको शव पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहितले श्रद्धाञ्जली दिए ।

बोगटीको शव बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव चुडामणि खड्काले दिउँसो तीन बजेसम्म शव खुलामञ्चमा राखिने बताए । बोगटीको शवयात्रासहित आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय एमाओवादीले गरेको छ ।
बिहीबार राति घरमै बसिरहेका बेला एकैपटक हृदयघात र मस्तिस्कघात भएका बोगटीको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us