बोक्सी आरोपमा कुटिए सासुबुहारी

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ३:५२ मा प्रकाशित

विराटनगर, २८ भदौ– मोरङको मधुमल्ला–६ मा दलित परिवारमाथि बोक्सी आरोपमा कुटपिट भएको छ ।

स्थानीय ७१ वर्षीया मनमाया दर्जी र उनकी बुहारी फुलमाया कुटिएका हुन् । उनीहरुलाई बोक्सी आरोपमा छिमेकी टेकबहादुर खड्काले कुटेको प्रहरीले जनाएको छ ।

मादकपदार्थ सेवन गरका खड्काले घरमा कोही भएक बेला दाउराको चिर्पटले हिर्काएको पीडित फुलमायाले बताइन् । फुलमायाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकामा छ टाँका लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us