विराटनगर, २७ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमा जिपले साइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ
मृत्यु हुनेमा साइकलयात्री शनिश्चरे–१ का ६५ वषीइ रुद्र गुरुङ र ५३ वर्षीय मनकुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङद्वय सहोदर दाजुभाई हुन् ।
ना २ च १२९८ नम्बरको जिपले राजमार्गअन्तर्गत पथरी-शनिश्चरे नगरपालिकाको पथरीमा शुक्रबार बिहान ६ बजेको समयमा साइकललाई ठक्कर र्दिएको थियो ।
घटनामा गम्भीर घाइेत भएका गुरुङद्वयको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन् ।