बाँके र बर्दियामा भारतीय नाका बन्द

काठमाण्डु टुडे २०७१ भदौ २७ गते ३:३६ मा प्रकाशित

नेपालगञ्ज, २६ भदौ– सीमावर्ती बाँके र बर्दियामा भारत आवतजावतमा रोक लगाइएको छ ।
भारतको उत्तर प्रदेशमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै बिहीबार साँझेदेखि नाका बन्द गरिएको हो ।

निर्वाचन अवधिभर पैदय यात्रुलाई समेत आवतजावतमा प्रतिबन्ध लगाइको छ । आज र भोलि उक्त क्षेत्रमा आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us