काठमाण्डु, २७ भदौ– भावी प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेकाे संवैधानिक परिषदको बैठकले रामकुमार साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाे छ ।
बहालवाला प्रधानन्यायाधीशले अवकाश लिनुभन्दा एक महिनाअघि भावी प्रभानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । हालका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले ६५ वर्षे उमेर हदका कारण आगामी २३ असोजमा अनिवार्य अवकाश पाउँदैछन् ।
न्याय परिषदले दुई साताअघि भावी प्रधानन्यायाधीशका लागि रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की र गिरीशचन्द्र लालको नाम सिफारिस गरेको थियो ।
यद्यपि परिषदले वरिष्ठताका आधारमा साहको नाम पठाउने सम्भावना रहेको एक सदस्यले जानकारी दिए । अन्य संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस भने आजको बैठकले गर्ने सम्भावना नरहेको बताइएको छ ।
मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समयदेखि पदाधिकारी तथा सदस्य पद रिक्त रहँदै आएको छ ।