पहिरोमा मृत्यु भएकाको आत्मा शान्तिका लागि महायज्ञ

काठमाण्डु टुडे २०७१ भदौ २७ गते २:५२ मा प्रकाशित

काठमाण्डु, २७ भदौ–सिन्धुपाल्चोकको जुरेसहित मुलुकका विभिन्न स्थानमा बाढीपहिरोमा परी मृत्यु भएकाको आत्माको शान्तिको कामना गर्दै महायज्ञ लगाइएको छ ।
बाढीपहिरो प्रभावित काठमाण्डुको तीनकुनेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको हो । बिहीबारबाट सुरु भएको महायज्ञमा भागवत् सप्ताहसँगै प्राकृतिक विपत्तिमा परेर मृत्यु तथा बेपत्ता भएका व्यक्तिको आत्माको शान्तिको कामना गर्दै होमसमेत लगाइने छ ।

महायज्ञ असोज १ गतेसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजक संस्था श्रमिक सहाराका अध्यक्ष श्याम महतले जानकारी दिए ।
पण्डित दीनबन्धु पोखरलले वाचन गरेको महायज्ञमा प्राप्त आर्थिक तथा अन्य सहयोग सिन्धुपाल्चोक जुरे बाढीपीडितको सहयोगका लागि उपलब्ध गराइने छ ।
सिन्धुपाल्चोकको मांखा जुरेमा गत १७ साउनमा गएको पहिरोमा पुरिएर १५६ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us