नेपाल आउन पोलियो खाएको प्रमाण चाहिने

काठमाण्डु टुडे २०७१ भदौ २७ गते २:३७ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– सरकारले पोलियो प्रभावित १० देशबाट नेपाल भित्रने विदेशी नागरिकका लागि भिसाको साथमा पोलियो रोगविरुद्दको औषधि खाएको प्रमाणपत्र अनिवार्य गर्ने भएको छ ।

पोलियो रोगमुक्त भइसकेको नेपालमा ती देशबाट आउने नागरिकबाट रोग नभित्रियोस् भन्नका लागि औषधि खाएको प्रमाणपत्र पेसको व्यवस्था लागू गर्न लागिएको हो ।
अहिले पनि पाकिस्तान, अफगानिस्तान,नाइजेरिया, क्यामरुन, गिनी, इथियोपिया, इजरायल, इराक, सोमालिया र सिरियामा पोलियो निवारण भइसकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल पोलियो रोगमुक्त घोषित भइसकेको अवस्थामा ती देशबाट आउने नागरिकबाट पुनः रोग सर्न सक्ने भन्दै परराष्ट्र मन्त्रालयलाई सो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us