
काठमाण्डु, १७ भदौ–अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरो र अमेरिका जान नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको खुलेको छ ।
पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूलाई शरणार्थी दाबी गर्दैनन् । पक्राउ पर्ने व्यक्ति फरक भए पनि उनीहरुले जाने गन्तव्य एउटै बताउने गरेका छन्न् , युरोप वा अमेरिका । पक्राउपछि उनीहरुले यो कबुल गरेका हुन् ।
उनीहरुले १–२२ हजार अमेरिकी डलरसम्ममा विभिन्न देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपाल हुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तव्य बनाउने गरेको बयानमा बताएका छन् ।
ती सिरियाली नागरिक टर्की छिरेर सीधा उडानमा नेपाल आउँछन् र त्यहाँबाट सिंगापुर, थाइल्यान्ड वा मलेसिया हुँदै युरोप र अमेरिका जाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।