विपक्षीद्वारा संसद् अवरुद्ध

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहितका प्रतिपक्षीले बिहीबार पनि व्यवस्थापिका संसद् बैठक अवरुद्ध गरेका छन् ।

ca
बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय लिएर बोल्दै तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले चारबुँदे सहमति कार्यान्यवनबारे सरकारका तर्फबाट ठोस प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने बताए ।

उनले विगतमा आफैंले गरेको सहमति सत्तापक्षले लत्याएका कारण संसद अवरोध जारी राख्न आफूहरु बाध्य भएको उल्लेख गरे । विपक्षीको अवरोधपछि संसद बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us