प्रगतिशील कानुन व्यवसायीको अध्यक्षमा भण्डारी

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रगतिशील कानुन व्यवसायी एसोसिएसनको अध्यक्षमा अधिवक्ता एकराज भण्डारी चयन भएका छन् ।
राजधानीमा सम्पन्न एसोसिएसनको प्रथम राष्ट्रिय सम्मेलनले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

सम्मेलनले पाँच उपाध्यक्षयमा बैकुण्ठ दाहाल (पूर्वाञ्चल), भोजराज सुवेदी (मध्यमाञ्चल), ज्ञानु केसी (पश्चिमाञ्चल), तीर्थ ज्ञवाली (मध्यपश्चिमाञ्चल( रामबहादुर केसी (सुदूरपश्चिमाञ्चल) छन् ।
यस्तै महासचिवमा केदार गुरागाईं, सचिवमा कपिलचन्द्र पोखरेल र कोषाध्यक्षमा हरिन्द्रप्रसाद राई निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा नरेश खड्का, खासमान लिम्बू, शान्ति कक्षपती, पृथ्वीनाथ राई, बालकृष्ण गैरे, पुरुषोत्तम नेपाल, गङ्गाबहादुर कोइराला, बालकृष्ण बराल र गोविन्द च्वाईं निर्वाचित भएका छन् ।
सम्मेलनले संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्न तथा जनउत्तरदायी स्वतन्त्र एवम् सक्षम न्यायपालिका निर्माणका लागि भूमिका खेल्नेसहित नौबुँदे प्रस्ताव पारित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us