तमलोपा कार्यकर्ताले जलाए ओली र महतको पुत्ला

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ९:३१ मा प्रकाशित

भैरहवा, २६ भदौ– तराई–मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री रामशरण महतको पुत्ला जलाएका छन् ।
संघीयताविरोधीको आरोप लगाउँदै उनीहरुले ओली र महतको बिहीबार भैरहवामा पुत्ला जलाएका हुन् । भैरहवाको मिलनचोकमा पुत्ला जलाउन जम्मा भएका तमलोपा कार्यकर्ताविरुद्ध प्रहरीले बल प्रयोग गरेपछि सामान्य झडपसमेत भएको छ ।

ओलीले नेपालमा मधेस भन्दै स्थान नै नभएको अभिव्यक्ति दिएको र महतले संघीयता थाती राखेर संविधान जारी गर्न बताएकाले उनीहरुको पुत्ला दहन गरिएको तमलोपाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us