काठमाण्डु, २६ भदौ– संघीय समाजवादी पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ता एमालेमै फर्किएका छन् ।
राजधानीको मीनभवनमा बिहीबार भएको एक कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्नेमा संघीय समाजवादी पार्टी निकट विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष शैलेश लामा, महासचिव प्रवेश आलम अन्सारी, सचिव चन्द्र थिङ, सचिवालय सदस्य किरण सापकोटा, दीपेन्द्र लामा, दीपक ब्लोन र विमल छन् ।
उनीहरुले बुधबार विज्ञप्ति जारी गर्दै संघीय समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनीहरु यसअघि एमालेबाटै अशोक राईले गठन गरेको संघीय समाजवादी पार्टीमा गएका थिए ।