सर्वपक्षीय सभाको मिति तय गर्न चार दल असफल

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ–  सर्वपक्षीय राजनीतिक सभाको मिति र प्रक्रियाबारे छलफल गर्न बसेको काँग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका 4 patri meetingशीर्ष नेताको बैठक बिनानष्कर्ष सकिएको छ ।

सहमति प्रयासमा प्रधानमन्त्री सुशील कोइरालाले बिहीकार बालुवाटारमा चार दलका नेताको बैठक बोलाएका थिए । बैठकमा भेलाको मितिबारे विवाद भएको नेताहरुले बताएका छन् ।

प्रमुख दल नेकपा–माओवादीको मागअनुसार सर्वपक्षीय राजनीतिक बोलाउन तयार भए पनि कहिले बेलाउने भन्नेमा विवाद छ । बैठकमा नेकपा–माओवादीले आगामी असोज ५ गते भेला बोलाउनुपर्ने माग गरेको छ ।

नेकपा–माओवादीको मागमा एमाओवादी सकारात्मक भए पनि सत्तारुढ काँग्रेस–एमाले कार्यतालिका प्रभावित हुने भन्दै यही महिनाभित्र भेला बोलाउनुपर्ने पक्षमा छन् ।

बैठकले भेलाको मिति र प्रक्रियाबारे टुंगो लगाउन पुन: चार दलीय कार्यदललाई जिम्मा दिइएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

चार दलबाट दुई–दुई जना रहेको ८ सदस्यीय कार्यदलमा सहमति नभएपछि कार्यदलले त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us