गाई काट्नेलाई तह लगाउन जन्मियो हिन्दूवादी संगठन

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ७:२४ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– गाई काटेर खानेलाई तह लगाउन भन्दै नयाँ हिन्दूवादी संगठनको जन्म भएको छ ।
hinduगाई काटेर खाने, धर्म परिवर्तन गर्ने तथा हिन्दू धर्मप्रति अनास्था फैलाउनेलाई ठीक पार्ने भन्ने हिन्दूवादी संगठन स्थापना भएको हो ।

संगठनको नाम  ‘तराई–मधेस हिन्र्दू युवा संघ, नेपाल’ राखिएको छ । उक्त संगठनका तर्फबाट बिहीबार जारी गरिएको विज्ञप्तिमा पछिल्लो समय देशभर धर्मपरिवर्तनसहित हिन्दूधर्मविरोधी क्रियाकलापले प्रश्रय पाइरहेकाले खबरदारी गर्न नयाँ संगठन निर्माण गरिएको उल्लेख छ ।

अध्यक्ष विकास ठाकुरद्वारा जारी विज्ञप्तिमा देशभर गाई काट्ने र धर्मपरिवर्तन गराउने क्रम बढेकाले त्यसविरुद्ध अभियान चलाउने उद्देश्यका साथ संगठन निर्माण गरिएको उल्लेख छ ।

गरिबीको फाइदा उठाउँदै हिन्दूहरुलाई अन्य धर्ममा तान्ने काम भइरहेकाले पहिलो चरणमा त्यसो गर्न सम्झाउन र नभए भौतिक कारबाही गर्ने चेतावनी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us