श्रीमतिको हत्या प्रयास विफल भएपछि श्रीमानले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ७:१० मा प्रकाशित

सुनसरी, २६ भदौ–  सुनसरी भरौलका एक व्यक्तिले श्रीमतिको हत्या प्रयास विफल भएपछि आफैंले आत्महत्या गरेका छन् ।

भरौल– ५ का ५४ वर्षीय धनबहादुर रार्इले श्रीमती दीपाको हत्या प्रयास सफल नभएपछि आफैंले आत्महत्या गरेका हुन् । धारिलो हतियार प्रहार गरी श्रीमतिलाई घाइते बनाएको एक दिनपछि मंगलबार उनले नजिकैको जंगलमा आत्महत्या गरेका हुन. ।

उनले शव जङ्गमला आत्महत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । श्रीमतिको हत्या गरेर आफू पनि मर्ने उद्देश्यले राईले घटना गराएको हुनसक्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक राम ढकालले बताए ।
खुकुरी प्रहारबाट घाइते दीपाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । छिमेकीका अनुसार राई १७ वर्ष भारतमा बसेर केही समयअघि घर फर्किएका थिए ।

लामो समय विदेश बस्दा पनि एक रुपैयाँ नल्याएको भन्दै दीपाले झगडा गर्ने गरेको छिमेकीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us