फरार अभियुक्तद्वारा १९ वर्षपछि आत्मसमर्पण

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ६:५६ मा प्रकाशित

सिन्धुली, २६ भदौ– श्रीमतीको हत्याका एक अभियुक्तिले १९ वर्षपछि पक्राउ परेका छन् ।
श्रीमतिको हत्या गरेर भागेका कपिलाकोट–४ फुङ्गेदोभानका ६५ वर्षीय कुलध्वज घलानले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका हुन् ।

उनले २०५२ साल असार २३ गते फुङ्गेदोभानस्थित आफ्नै घरमा श्रीमति जन्तरी घलानको हत्या गरेका थिए । घटनापछि फरार उनी प्रहरीको सर्वाधिक  खोजी सूचीमा थिए ।

घलान बुधबार आफैं आत्मसमर्पण गर्न उपस्थित भएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us