सुनसरी, भदौ २६– सुनसरीको रामगन्ज बेलगछियास्थित एक सामुदायिक विद्यालयका शिक्षकले हरेक दिन विद्यार्थीलाई सामूहिक रूपमा यातना दिने गरेको रहस्य खुलेको छ ।
रामगन्ज बेलगछिया–१ स्थित नवदुर्गा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक भगतबहादुर मगरले अंग्रेजी शब्दकोष नकिनेको आरोपमा एक विद्यार्थीको हात भाँचिदिएका छन् ।
कक्षा सातमा अध्ययनरत १२ वर्षीय समिर मेहतालाई अंंग्रेजी शब्बकोश नकिनेको भन्दै मगरले बाँसको भाटाले कुटेका थिए । तीन महिनाको उमेरमा अभिभावक गुमाएका समिर मावलमा बसेर पढ्दै आएका थिए ।
पीडितका आफन्तले शिक्षक मगरमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।