खोटाङ, २६ भदौ– प्रहरीले गाई काटेर खाएको आरोपमा खोटाङमा चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा, सोलुखुम्बु लोखिम–९ का लाक्पानुरु तामाङ र मान्के तामाङ् छन् ।
उनीहरुमाथि जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित एक जंगलमा एक साताअघि गाई काटेर खाएको आरोप छ । स्थानीयले गाई काटेर खाएको उजुरी दिएपछि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कको टोलीले उनीहरुलाई पक्रेको हो ।
खोटाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद खरेलले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरुमाथि छानबिन थालिएको बताए ।