मोटरसाइकलको ठक्करबाट वन रक्षकको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ५:०० मा प्रकाशित

विराटनगर, २६ भदौ– केरावारी सडक खण्ड अन्तर्गत मोरङको केराबारीमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हजार बिघा सामुदायिक वनका वन रक्षक इच्छाबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । को ७ प २१३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर न्यूरो अस्पताल लैजाले क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेललाई ठक्कर दिने मोटर साइकल चालक केराबारी–७ का दुर्गालाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us