धनकुटा, २६ भदौ– ग्राहकको एक लाख रुपैयाँ चोरी गरेको आरोपमा धरानबाट एक यौनकर्मी महिला पक्राउ परेकी छन् ।
आफ्नो नाम सीता बताउने २७ वर्षीया ती महिलालार्इ बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ९७ हजार रुपैयाँसमेत बरामद भएको छ ।
उनले होटलमा सँगै बसेको बेलामा धनकुटा नगरपालिका–५ का दिलबहादुर लिम्बूको १ लाख रुपैयाँ चोरेकी थिइन् । लिम्बू मदिराले मातेको अवस्थामा आफूले एक लाख रुपैयाँ चोरो भागेको उनले प्रहरीसँगको बयानका क्रममा स्वीकार गरेकी छन् ।
प्रहरीले ती महिलाविरुद्ध अवैध यौन धन्दा र ठगी आरोप मुद्दा चलाइने तयारी गरेको छ । ती महिला ‘कल गर्ल’ भएको र धनकुटाका विसभिन्न अस्पतालमा यौन कार्यमा रहँदै आएको आरोप प्रहरीले लगाएको छ ।