जिल्ला प्रशासन कार्यालयमै चोरी !

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १४:०२ मा प्रकाशित

दोलखा, २५ भदौ– भीमेश्वर नगरपालिका– १ स्थित जिल्ला प्रशासन दोलखामा दोश्रोपटक चोरी भएको छ ।
प्रशासन कार्यालयभित्रै रहेका हुलाक, राहदानीको फाराम भर्ने ‘हेल्पडेक्स’ र निर्वाचनको फोटो खिचाउने स्थानमा मंगलबार राति चोरी भएको हो ।

कार्यालयमा रहेको एक थान कम्प्युटरसहतिका सामग्री चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पट्टिको ढोका फोरेर चोर भित्र पसेको देखिएको छ । डेढ वर्षअघि पनि उक्त कार्यालयमा चोरी भएको थियो ।

चोरीमा कार्यालयकै कर्मचारीको संलग्नता रहेको आशंकामा छानबिन थालिएको छ । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले चोरीबारे छानबिन सुरु भइसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us