
काठमाण्डु , ३० वैशाख – दक्षिणी इटालीमा सोमबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ ।
लिबियाबाट बसाईसराई गरेर इटालीको दक्षिण सिसिलीका आएका करिब चारसय व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको मङ्गलबार अधिकारीहरुले जानकारी दिएका छन् ।
इटालीको दक्षिणपश्चिमी भागमा पर्ने लाक्पेडुसा द्वीपदेखि १८५ किलोमिटर दक्षिणमा पर्ने सो इलाकामा भएको उक्त दुर्घटनामा करिब दुई सय भन्दा केहीमात्र बढी व्यक्तिलाई जीवितै उद्धार गरिएको जनाइएको छ ।
तर यस विषयको पूर्ण विवरण भने आएको छैन । दुर्घटनामा अझै २ सय व्यक्ति बेपत्ता रहेका विभिन्न सञ्चारमाध्यमहरुमा जनाइएको छ ।
गत महिना मात्र त्यहाँ शरणको खोजीमा आएका करिव एक हजार शरणार्थी सिसिली पुगेका थिए । यस दुर्घटनामा प्रय तिनै व्यक्ति परेको अनुमान गरिएको छ ।
उक्त डुङ्गामा रहेका यात्रीको खोजीकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले उद्वारको काम तदारुकताका साथ जारी रहेको जानकारी दिएका छन् ।
केही महिनायतादेखि शरणको खोजीका इटाली पुग्ने शरणार्थीको सङ्ख्या २५ हजार भन्दा बढी पुगेको बताइएको छ ।
हालका दिनहरुमा इटालीमा सिरिया र प्यालेस्टाइनबाट आउने शरणार्थीको सङ्ख्या पनि वृद्धि हँुदै गएको जनाइएको छ ।