भारतमा लोकसभा निर्वाचन सम्पन्न

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– नौ चरणमा गरिएको भारतको लोकसभा निर्वाचन सोमबारबाट सकिएको छ ।
india election 2निर्वाचनमा कुल ५ सय ४३ सिटका लागि मतदान सकिएको छ । सोमबार कुल ४१ सिटका लागि तीन राज्यको निर्वाचन सम्पन्न भयो ।

अन्तिम दिन बिहारको ६, उत्तरप्रदेशको १८ र बंगालको १७ सिटका लागि निर्वाचन भएको हो ।  पश्चिम बंगालमा ७९. ३ प्रतिशत बिहारमा ५८ र उत्तरप्रदेशमा ५५ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनमा कति मतदाता सहभागी भए भन्ने अन्तिम तथ्याङ्क मंगलबार सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । धेरैले उत्तर प्रदेशको नतिजालाई प्रमुखताका साथ हेरेका छन् । जहाँबाट ८० सांसद चयन हुनेछन् । उत्तरप्रदेशको बाराणसी क्षेत्र सबैभन्दा बढी चर्चामा रह्यो ।

कारण प्रधानमन्त्रीका प्रबल दादेदार मानिएका भाजपाका नरेन्द्र मोदी र आमआदमी पार्टीका संयोजक एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल चुनावी मैदानमा थिए । उक्त क्षेत्रमा कँग्रेस आईले अजय रायलाई उठाएको थियो ।

निर्वाचनअघि सो क्षेत्रमा मोदीलाई केजरीवालले टक्कर दिने बताइएको थियो । निर्वाचनमा भापजाले मोदी र कँग्रैस आईले उपाध्यक्ष राहुल गान्थीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । यद्यपि राहुलको उम्मेदवारी घोषणा हुन बाँकी नै छ ।

७ अप्रिलमा सुरु भएको निर्वाचनमा ८१ करोड मतादाता थिए । जसमध्ये ६० करोडले मतदानमा भाग लिएको अनुमान छ । शुक्रबारबाट मतगणना कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us