जनमत सङ्ग्रह हास्यास्पद– राष्ट्रपति ओलेक्सेन्डर

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते १२:२६ मा प्रकाशित

किभ, २९ वैशाख – युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्सान्डर तुर्किनोभले युक्रेनको पूर्वी भागमा आइतबार भएको जनमत सङ्ग्रहलाई हास्यास्पद भनेका छन् ।

alexयुक्रेनका दुईवटा पूर्वी प्रान्तमा भएको सो निर्वाचन हास्यास्पद हो र यसको परिणाम कुनैपनि हालतमा स्वीकार्य छैन ।

उनले उक्त जनमत सङ्ग्रहलाई प्रचारको शैलीमा गरिएको प्रोपोगान्डामात्र हो भनेका छन् ।

साथै उनले उक्त निर्वाचनलाई आतङ्ककारीहरुले योजना गरेको दुश्प्रचारको संज्ञा दिनुभएको समाचारमा जनाइएको छ ।

उनले सो क्षेत्रमा रहेका विद्रोहीहरुसँग वार्ता भने जारी नै राख्ने पनि जानकारी दिए । उहाँले हिजोको जनमत सङ्ग्रहले समस्याको समाधान नभई हत्या हिंसालाई झन प्रश्रय दिने पनि बताए ।

पश्चिमी मुलुकहरुले पनि यसलाई गैरकानुनी भनेका छन् । सो निर्वाचन स्वतन्त्र र निश्पक्ष भएको दाबी गरिरहेको उक्त क्षेत्रको स्वघोषित निर्वाचन आयोगले सो जानकारी गराएको छ ।

रसिया समर्थक विद्रोहीहरूले नियन्त्रणमा लिएर गराइएको आइतबारको सो जनमत सङ्ग्रहमा स्वतन्त्रताका पक्षमा करिब ८९ प्रतिशत नागरिकले मतदान गरेका समाचारमा जनाइएको छ ।
आइतबार राति अबेरतिर सो आयोगले दिएको जानकारी अनुसार उक्त जनमत सङ्ग्रहमा ८९.०७ प्रतिशत नागरिकले युक्रेनका ती दुई प्रान्तलाई स्वतन्त्र राख्न तथा उनीहरुले चाहेको समयमा रसियासँग विलय हुन पनि अधिकार रहेको दाबी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us