भारतमा अन्तिम चरणको लोकसभा निर्वाचन जारी

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते ५:०४ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– दक्षिण छिमेकी भारतमा लोसभा निर्वाचनअन्तर्गत आज अन्तिम चरणको मतदान  भइरहेको छ ।
india electionअन्तिम दिन आज बिहारको ६, उत्तरप्रदेशको १८ र बंगालको १७ सिटका लागि निर्वाचन भएको हो ।  बनारसको निार्वचनलाई सबैभन्दा चासोका साथ हेरिएको छ ।

बनारसमा भावी प्रधानमन्त्रीका दाबेदारसमेत रहेका भारतीय जनता पार्टीका नरेन्द्र मोदी र दिल्लीका पूर्वमुख्यमन्त्री आमआदमी पार्टीका संयोजक अरबिन्द केजरिवाल चुनावी मैदानमा रहेका कारण सबैको ध्यान त्यतातिर खिचिएको छ ।
मोदीलाई केजरीवालले कडा टक्कर दिने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् । दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितलाई विधानसभा निर्वाचनमा हराएर केजरीवाल एकाएका चर्चामा आएका थिए ।
यस्तै सत्तारुढ कँग्रेस आईले त्यस स्थानमा अजय रायलाई उठाएको छ । मत सर्वेक्षणहरुमा जनाइएअनुसार मोदी र केजरिवालका अगाडि राय कमजोर देखिएका छन् । शुक्रबारबाट मतगणना सुरु हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । भारतमा ८१ करोड मतादाता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us