
काठमाण्डु, २७ वैशाख – सन् १८५७ सेप्टेम्बरमा ‘एसएस सेन्ट्रल अमेरिका’ नामक पानीजहाज पनामाबाट न्युयोर्क आइरहेको थियो ।
दक्षिण क्यारोलिनादेखि २ सय ५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्ध्र महासागरमा डुव्यो । त्यसमा ५ सय ७८ यात्रु र १४ हजार किलो सुन थियो । तीमध्ये ४ सय २५ यात्रुको मृत्यु भयो त्यति नै सुन पनि समुन्द्रमै हरायो ।
पत्यानुहुन्छ ? त्यही सुनमध्येको १३ लाख अमेरिकी डलर बराबरको करिब साढे २८ किलो केही दिनअघि निकालिएको छ । पचासी मिटर लामो पानीजहाज अति धेरै परिणाममा बहुमूल्य धातुसहित डुवेपछि त्यसलाई ‘सुनको जहाज’ भन्न थालियो ।
उक्त दुर्घटनाको १ सय ३१ बर्षपछि सन् १९८८मा समुन्द्री बिज्ञ टाम्स टाम्सनले जहाज पत्ता लगाए । उनले नै सुन खोज्ने अभियान सुरु गरे । जहाजको भग्नावशेषबाट ३ हजार किलो सुन, केही चाँदी, कलात्मक सामग्री निकाले ।
यो खोज परियोजनामा लगानी गर्ने १ सय २९ कम्पनीले टाम्सले आफूहरुलाई केही नदिएको आरोपसमेत लगाए । त्यसको २६ बर्षपछि अर्थात दुर्घट्नाको १ सय ५७ बर्षपछि फेरि ठूलो मात्रामा सुन फेला पारिएको हो ।