
हेरात (अफगानिस्तान), २३ वैशाख – पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा सोमबार र मङ्गबार भएका दुईवटा बम आक्रमणमा दश प्रहरीको मृत्यु भएको छ ।
यस आक्रमणहरुमा अन्य तीन प्रहरी घाइते भएको प्रहरी स्रोतले जनाएको पनि समाचारमा उल्लेख गरिएको छ । हेरात प्रान्तको ओबे जिल्लामा मङ्गलबार बिहान भएको सोे बम आक्रमणमा तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएको जनाइएइको छ ।
गस्तीमा रहेको प्रहरी समूहलाई लक्ष्यगरी स्थानीय समयअनुसार बिहान १० बजे बम आक्रमण गराइएको जनाइएको छ ।
त्यसैगरी अफगानिस्तानको राजधानी काबुल देखि ६४० किलोमिटर पश्चिममा पर्ने घोर्यान जिल्लामा सडक किनारमा रहेको बम विस्पफोटबाट चार अफगान सीमा प्रहरीको मृत्यु हनुको साथै अन्य चार घाइते भएका छन् ।
घाइते भएकामध्ये तीन प्रहरीको पछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मङ्गलबार भएको यस क्रुर आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
तर यसअघि यस प्रकारका आक्रमण तालिवान आक्रमणकारीले बारम्बार गर्ने गरेकोले यसमा पनि उनीहरुकै हात रहेको अनुमान प्रहरीले गरेको छ ।