एमाले पछि हटे सुशीललाई माओवादीको समर्थन

काठमाण्डु टुडे २०७० माघ २९ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, २९ माघ– एकीकृत माओवादीका नेता लिलामणि पोखरेलले एमालेले कााग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता Lila-Mani-Pokhrelलिए आफ्नो पार्टीले बाहिरै बसेर समर्थन गर्ने बताएका छन् ।
राजधानीमा बुधबार भएको एक कार्यक्रममा पोखरेलले मुलुकमा संकट आए काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न तयार रहेको बताए । तर सरकारमा सहभागी नहुने उनले प्रष्ट पारे ।

‘सरकार निर्माणमा जटिलता आयो भने हामी चुप लागेर बस्दैनौ, समर्थन गछौ’, पोखरेलले भने, ‘तर तत्काल सरकारमा जाँदैनौ ।’ गृहमन्त्रालय नपाउँदैमा सरकारमा नजाने निर्णय लिएर एमालेले गैरराजनीतिक चरित्र देखाएको आरोप पोखरेलको थियो ।

उनले एमालेमा देखिएको सत्ता केन्द्रित मानसिकताले उसको  ध्यान संविधान निर्माणमा छैन भन्ने प्रष्ट भएको तर्क गरे । काँग्रेस र एमालेबीच सत्ताका लागि भएको झगडाले एक वर्षभित्र संविधान नबन्ने आशंका उब्जिएको पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us