एमालेलाई गृह दिँदा केही फरक पर्दैन: सुजाता

काठमाण्डु टुडे २०७० माघ २९ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, २९ माघ– काँग्रेस नेतृ सुजाता कोइरालाले सरकारमा एमालेलाई गृह मन्त्रालय दिँदा केही फरक नपर्ने बताएकी छन् ।
sujataराजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले काँग्रेस गृह मन्त्रालय एमालेलाई दिने सहमतिबाट पछि हट्न नमिल्ने बताएकी हुन् । पार्टीको वार्ता टोलीमा रहेका नेताहरुले गृह मन्त्रालय एमालेलाई दिने सहमति नभएको बताइरहेका बेला कोइरालाले भने भएको सहमति पालना नगर्न काँग्रेसको छवि बिग्रने बताइन् ।

‘संविधान निर्माणको जिम्मेवारी पूरा गर्न एमालेसाग भएको सहमतिअनुसार गृहमन्त्रालय दिँदा फरक पर्दैन’, कोइरालाले भनिन्, ‘सहमति गरेर धोका दिने कामले कााग्रेसको छवि बिगार्छ ।’

काँग्रेस नेतृत्वमा संविधान जारी गर्ने अवसर आएका बेला मन्त्रालय बाँडफाँटको झगडामा लाग्दा मुल उद्धेश्य पूरा नहुने भनाइ उनको छ । उनले गृहमन्त्रालय एमालेलाई दिने कि नदिने भन्नेमा पार्टीभित्रै विवाद भएको खुलासा गरिन् । ‘एमालेलाई गृह मन्त्रालय नदिन पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको छ’, सुजाताले भनिन्, ‘यसमा प्रधानमन्त्रीले स्वविकेवले निर्णय लिएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा एमाले सचिव शंकर पोख्रेलले एमालेका सभामुखका उम्मेदवार सुवास नेम्वाङको पक्षमा कााग्रेसले मतदान नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

उनले त्यसपछि कााग्रेससागको सातबुँदे सहमति पनि भंग हुने बताए । उनले सहमतिअनुसार काँग्रेसले गृहमन्त्रालय नदिए पार्टी सरकारमा नजाने पनि दोहोर्‍याए । गृह मन्त्रालय दिेन सहमति नभएको भन्ने कााग्रेस नेताहरुको भनाइलाई पोखरेलले राजनीतिक बेइमानीको संज्ञा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us