
काठमाण्डु, २५ माघ– राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेपाली काँग्रेसमा स्पष्ट रुपमा दुई धार देखिएको छ ।
सभापति सुशील कोइराला संविधानसभाले नयाा संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्न नहुने पक्षमा छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने दलहरुबीच संविधान र शक्ति बाँडफाँटमा प्याकेज सहमति भए राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउन सकिने बताउँदै आएको छ ।
एमालेनिकट युवा संघले राजधानीमा शनिबार गरेको कार्यक्रममा देउवा पक्षधर केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले संविधान निर्माणमा सहमति भए राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउन सकिने बताए ।
संविधान निर्माणको विधि र नयाा संविधानका अन्तरवस्तुमा सहमति भए राष्ट्रपति निर्वाचनका लागि कााग्रेस खुला रहेको उल्लेख गरे । ‘हामीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनै हुादैन भनेका छैनौं’, महतले भने, संविधान निर्माण प्रक्रिया र संविधानका अन्तरवस्तुमा सहमति भए राष्ट्रपति परिवर्तनका लागि छलफल गर्न खुला छौं ।’
पार्टी संसदीय दलमा आफूलाई हराउन लागि परेको भन्दै रुष्ट बनेका नेता देउवाले राष्ट्रपति रामवरण यादवलाई आफ्नो शक्ति देखाइदिने चेतावनी यसअघि नै दिइसकेका थिए ।