बहुमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान (विज्ञप्तिसहित)

काठमाण्डु टुडे २०७० माघ २० गते ६:४५ मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, २० माघ – सहमतिका आधारमा सरकार गठन हुन नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न दलहरुलाई आग्रह गरेका छन् ।

अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति यादवले ३८ (२) अनुसार बहुमतीय सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसअघि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको समयसिमा आईतबार सकिएको थियो ।

राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि व्यवस्थापिका संसदलाई पत्र पठाईसकेका छन् । कार्यव्यवस्था परामर्श समितिको छलफलका आधारमा संविधानसभा अध्यक्षले मंगलबारसम्ममा प्रधानमन्त्री चुनावको तालिका तय गर्ने सचिवालयको तयारी छ ।

संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनको गृहकार्य सुरु गरिसकेको छ ।

काँग्रेसले भावी प्रधानमन्त्रीमा सभापति सुशील कोइरालालाई अघि सारेको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको पूर्ण पाठ
bigyapti_2070-10-20-001

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us