श्रीलङ्काद्वारा अधिकारवादीहरुलाई प्रवेशमा रोक

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १२:५६ मा प्रकाशित

shrilankaकोलम्बो, २२ कात्तिक– श्रीलङ्काले त्यहाँ हुन लागेको कमनवेल्थ सम्मेलनमा सहभागी हुन लागेका विश्वका अधिकारवादीहरुको प्रवेशाज्ञा अन्तिममा आएर फिर्ता लिँदै रोक लगाएको छ ।

श्रीलङ्कमा आगामी हप्ता उक्त सम्मेलन हुन लागिरहेको छ । सो सम्मेलनका क्रममा मानवअधिकारवादीहरु पनि सहभागि हुन जाँदै थिए । सो कार्यको बेलायतमा कार्यालय रहेको अन्तर्राष्ट्रिय बार एसोसिएसनले विरोध गरेको छ । अन्तर्राष्ट्रिय बार एसोसिएसनका तर्फबाट पनि सो सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुने कार्यक्रम रहेको थियो ।

श्रीलङ्काले युद्धका समयमा गरेको भनिएको अपराधको आरोपको सामना गरिरहेको छ । त्यसैले सो समयको अपराधको छानबिन हुनुपर्ने माग अधिकारवादीहरुद्वारा गरिएको छ ।

सोही कारण विश्वका अधिकारवादीहरुले सो सम्मेलनमा सहभागिता नजनाउन विश्वका अधिकांश नेताहरुलाई आग्रह पनि गरिआएका छन् । ती अधिकारवादीहरुलाई अगष्ट महिनामा नै प्रवेशाज्ञा दिइएको थियो । श्रीलङ्का सरकारले बिहीबार ती प्रवेशाज्ञाहरु फिर्ता लिएको हो । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us