आत्मघाती हमलामा १६ को मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १:५९ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक–इराकको राजधानी बग्दादको उत्तरी इलाकामा भएका दुई आत्मघाती बम विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । बग्दादको तारमीया शहरमा रहेको सैन्य केन्द्रमा आक्रमण भएको हो । आक्रमणका कारण ४० जना घाईते भएको अधिकारीहरुले बताएका छन् ।

आक्रमणकारीले विस्फोटक पदार्थले भरिएका दुई गाडी तारमीयाको सैन्य केन्द्रमा लगेर विस्फोट गराएका थिए ।

इराकमा गएको सेप्टेम्बर महिनामा मात्रै यस किसिमका आक्रमणमा परी १ हजारको मृत्यु भएको तथ्यांक छ । विस्फोटको जिम्मेवारी कुनै पनि समूहले नलिए पनि अलकायदासंग सम्बद्ध चरमपन्थी समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us