मुम्मइमा घर भत्कदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ११ गते ४:३६ मा प्रकाशित

Mumbai-Home-crashकाठमाण्डु, ११ असोज–भारतको मुम्बईमा शुक्रबार विहान एक घर भत्किँदा एक जनाको मृत्यु भएको छ,दर्जनौं व्यक्ति पुरिएका छन् । मुम्बईको डकयार्ड रोडस्थित बीएमसी कोलोनीको घर भत्किएको हो । घर भत्किदा घाइते भएका चारजनालाई उपचारकालागि अस्पताल भर्ना गरिएको छ ।

भवनको भग्नावशेषमा कम्तिमा ३० जना पुरिएको आशंका गरिएको छ । विहान ६ बजे सबै सुतिरहेकोबेला भवन भत्किएको थियो । चारतले सो घरमा २५ वटा फ्ल्याट थिए ।
सुरक्षाकर्मी र स्थानीयले पुरिएकाहरुको खोजीकार्य जारी राखेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us