
काठमाडौ, २३ साउन । भारत भ्रमणमा रहेका कांग्रेसका सभापति शुशील कोइरालाले उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसंग भेटेर लक्ष्मणपुर बाँधका कारण उत्पन्न समस्या समाधानका लागि आग्रह गरेका छन् ।
भारतले सहमतिअनुसार काम नगरेकाले हरेक वर्ष बाढी समस्या भोग्नुपरेको भन्दै कोइरालाले समस्या समाधानका लागि गम्भीर हुन आग्रह गरे । लखनउमा भएको भेटमा मुख्यमन्त्री यादवलेसमस्या समाधान गर्न सकारात्मक रहेको बताए । उनले दुई पक्षीयलाई हितलाइ केन्द्रमा राखेर हुने छिट्टै बाँध व्यवस्थित गर्ने योजना ल्याउने प्रतिबद्धता जनाएको भेटमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
यस्तै सभापति कोइरालाले बुधबार नै भारतीय कंग्रेस आईका महासचिव डीपी त्रिपाठीलाई भेटेका छने । भेटमा नेता त्रिपाठीले नेपालमा प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्न संविधानसभा निर्वाचन आवश्यक रहेको बताए । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन कुनै पनि हालतमा हुनुपर्नेमा त्रिपाठीले जोड दिए ।
सभापति कोइरालाले नेपालमा दलहरुबीच सहमतिको वातावरण बन्दै गएकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।