काठमाण्डु, ६ असोज– बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र...
काठमाण्डु, ५ असोज– नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् । कांग्रेस महामन्त्री...
काठमाडौं, ४ असोज । धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् । १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् । विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा...
काठमाडौं, ४ असोज । माल्दिभ्समा हुने साबा महिला बाँस्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् । प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म हुनेछ ।...
विशाल बस्नेत महोत्तरी, ३ भदौ । बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूकाे टिमले हात पारेकाे छन् । संविधान दिवसको अवसरमा आयाेजित कर्मचारी र जनप्रतिनिधिबीचकाे खेलमा जनप्रतिनिधिकाे टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेकाे हाे । उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन् । कर्मचारीबाट विकास कोइराला...
काठमाडौं, ३ असोज । नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि...
काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल...
खोटाङ, २ असोज – खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लब र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि एक हप्तासम्म दिक्तेलमा सञ्चालन गरेको फुटबल प्रतियोगीताको सेमिफाइनल खेलमा गालीगलौज र अभद्र व्यवहार...
काठमाडौं, २ असोज । लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् । सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ,...
काठमाडौं, २ असोज । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेकाे बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयाेजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार अवस्थामा रहेकाे र उपाधि जित्ने दाबी गरिन् । ‘आगामी खेलको लयलाई कायम राख्न...
काठमाण्डु,२ असोज – नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रतियोगिताको फाइनलअघि आयाेजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन...
काठमाडौं, २ असोज । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ काँस्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५...