बालवाटिकालाई उपाधि

काठमाण्डु टुडे २०७९ असोज २ गते १४:२८ मा प्रकाशित

काठमाडौं, २ असोज । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ काँस्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो । तेस्रो स्थान हासिल गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो ।

पुरुष तर्फ शंखडोल डोजोका राजकुमार राई उत्कृष्ट खेलाडी भए भने महिलातर्फ सरस्वती डोजोकी प्रश्ना केसीले उत्कृष्टको उपाधी जितिन् । विजयी खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, युबा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाह, सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाभित्रका तीन सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us