खेलकुद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः स्वर्ण पदक बढाउँदै खोटाङ  

२०७९ असोज २ गते १२:१०

  खोटाङ, २ असोज – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले सात स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा जारी प्रतियोगीताअन्तर्गत शनिबारसम्ममा सितोरियो कराते, पौडी र भारोत्तलनमा जिल्लालाई सात स्वर्ण हात परेको हो । सबैभन्दा बढी सितोरियो करातेमा पाँच स्वर्ण प्राप्त भएको...

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदकोट्रफी सार्वजनिक

२०७९ असोज १ गते १२:२७

काठमाडौं, १ असोज । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन्  । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । पाँच केजी चाँदीको ट्रफीमा मेन...

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजानिक 

२०७९ भदौ ३१ गते १३:२३

काठमाण्डु, ३१ भदौ- नवौ राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजानिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई ७ वटै प्रदेशमा घुमाउने तयारी भईरहेको छ । ट्रफी सार्वजनिक गर्दै...

मैदान भिज्दा खेल रद्द, आर्मी फाइनलमा

२०७९ भदौ ३० गते १३:२९

 काठमाण्डु,३० भदौ- त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ । बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भयो । समूह विजेताको रूपमा सेमिफाइनलकाे यात्रा तय गरेकाे आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको हो ।...

नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीले गण्डकीलाई हरायो

२०७९ भदौ २९ गते १५:१३

 काठमाण्डु,२९ भदौ-  नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको...

यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै

२०७९ भदौ २९ गते १३:१६

 काठमाण्डु,२९ भदौ-  यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।  कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।  चौथोपटक...

बार्सिलोना बायर्नसँग पराजित 

२०७९ भदौ २९ गते ७:५७

काठमाण्डु, २९ भदौ–  च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ ।  समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता : फितलो व्यवस्थापनबीच प्रतिष्पर्धा गर्दै खेलाडी  

२०७९ भदौ २८ गते १३:१०

खोटाङ, २८ भदौ – खोटाङका खेलाडी फितलो व्यवस्थापनकाबीचमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता जनाउँदैछन् । बजेट व्यवस्थापन अभावमा खेलाडीविना तयारी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी भइरहेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खोटाङबाट १४ विधाका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिले...

यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने 

२०७९ भदौ २८ गते ७:४५

काठमाण्डु, २८ भदौ– श्रीलंकामा जारी यु-१७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।  सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । कोलम्बोमा नेपाली टिमलाई...

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएर सेमिफाइनमा जाने नेपालको तयारी

२०७९ भदौ २७ गते ११:५७

काठमाण्डु, २७ भदौ –  साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएरसेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ ।  काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो ।...

पाकिस्तानलाई हराउदै श्रीलंकाले जित्यो एसिया कप

२०७९ भदौ २७ गते ८:०७

काठमाण्डु, २७ भदौ–  पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो । श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य...

यी हुन् नेपाल टी-२० का विदेशी खेलाडी (सूचीसहित)

२०७९ भदौ २७ गते ७:४२

काठमाण्डु, २७ भदौ– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् । असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आइतबार भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us