खेलकुद

एन्फा कपमा मोरङलाई हराउँदै संकटा सेमिफाइनलमा

२०७१ भदौ २० गते ३:४४

काठमाण्डु, २० भदौ – मोरङ फुटबल क्लवलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा मोरङलाई १–० ले हराउँदै संकटा अन्तिम ४ मा पुगेको हो । संकटालाई जिताउन खेलको एक मात्र गोल वर्षात गुरुङले खेलको ५१ औं...

बक्सिङ् संघका अध्यक्षमाथि कारवाहीको माग

२०७१ भदौ १९ गते १०:२३

काठमाण्डु, १९ भदौ – चार पटक ‘वेष्ट प्लेयर अफ दि ईयर’ बनेका राष्ट्रिय खेलाडी मनोहर बस्नेत (म्याक्स) ले नेपाल बक्सिङ् संघका अध्यक्ष राजीब श्रेष्ठले आफूलाई अन्याय गरेको भन्दै कारवाहीको माग गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आफूलाई नेपाल बक्सिङ्...

आज आर्मी र पुलिसको भिडन्त

२०७१ भदौ १९ गते ३:१०

काठमाण्डु, १९ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलमा आज दुई विभागीय टोली नेपाल आर्मी र पुलिस भिडदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि हुने दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ...

थ्रीस्टारलाई हराउँदै एपीएफ सेमिफाइनलमा

२०७१ भदौ १८ गते १३:५९

काठमाण्डु, १८ भदौं–सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी एन्फा कपको सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंशशालामा बुधबार भएको दोस्रो खेलमा एपीएफले थ्री स्टारलाई १–० ले हराउँदै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एपीएफको जितमा थप गरिएको अतिरिक्त समयको तेश्रो मिनेटमा रन्जन...

एन्फा कपमा एपीएफ र थ्रीस्टार भिड्दै

२०७१ भदौ १८ गते ३:४०

काठमाण्डु, १८ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ र थ्रीस्टार क्लबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि हुनेछ । दुवै टिम जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रंदैछन् । यसअघि हिजो भएको...

झापा–११ बाट ए डिभिजन गिल विजेता मनाङ पराजित

२०७१ भदौ १७ गते ४:१९

काठमाण्डु, १७ भदौ– राजधानीमा सुरु एन्फा कपको उदघाटन खेलमा गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङदी मोफसलको टिम झापा ११ बाट पराजित भएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा झापाले मनाङलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । झापाका लागि खेलको...

सरकार र पुबुदुबीच १० महिने सम्झौता

२०७१ भदौ १६ गते १३:३३

काठमाण्डु, १७ भदौ– सरकारले क्रिकेट प्रशिक्षक पुबुदु दशानायकेसँग १० महिने सम्झौता गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पुबुदसँग सोमबार लिखित सम्झौता गरेको हो । सम्झौतामा मन्त्रालयका सह–सचिव चुडामणि गौतम र पुबुदुले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार पुबुदुले मासिक १० हजार अमेरिकी डलर उपलब्ध...

नेपालको अण्डर–१६ टिमले थाइल्याण्डलाई बराबरीमा रोक्यो

२०७१ भदौ १५ गते १२:५८

काठमाण्डु, १५ भदौ– नेपालको अण्डर–१६ टिमले थाइल्याण्डको अण्डर– १६ टिमसँग बराबरी खेलेको छ । थाइल्याण्डको फासद्धिन रंगशालामा आइतबार भएको खेलमा नेपाल र थाइल्याण्डले  ३(३ गोलको बराबरी खेलेका हुन् । नेपालका तर्फबाट कप्तान विमल घर्तीमगर, विकास थापा र  सुनिल बलले १–१ एक गोल गरे ।...

धोनीले रचे क्रिकेटमा विश्व कीर्तिमान

२०७१ भदौ १४ गते १३:०५

काठमाण्डु, १४ भदौ– भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटमा नयाँ विश्व कीर्तिमान रचेका छन् । धोनीले विकेट किपिङमा नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनी सबैभन्दा बढी स्टम्पिङ आउट गर्ने खेलाडी बनेका छन् । भारत र इङ्ग्ल्याण्डबीच चलिरहेको एक दिवसीय क्रिकेट श्रृंखलाको...

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन अध्ययन सुरु

२०७१ भदौ १४ गते १२:०५

पोखरा, १४ भदौ– सरकारले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अध्ययन थालेको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शनिबार पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले भारत सरकारले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएकोल निरीक्षणमा आएको...

खेलकुदमा यस्तो भद्रगोल

२०७१ भदौ १४ गते २:१४

काठमाण्डु, १४ भदौ– अधिकांश खेल संघदेखि विभागीय मन्त्रालय पनि आन्तरिक र आपसी विवादमा फसेका छन् । खेलकुदको विकासका लागि सक्रिय हुनुपर्ने यी निकाय आर्थिक चलखेल, राजनीतिक स्वार्थपूर्ति र जुँगाको लडाँइमा लिप्त छन्, जसले गर्दा नेपाली खेलकुद क्षेत्र नै भद्रगोल बनेको छ । नेपाली खेलकुदको...

सरकारले यू-१६ क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने

२०७१ भदौ १३ गते १२:३३

काठमाण्डु, १३ भदाै –    सरकारले एसीसी यू-१६ प्रिमियर च्याम्पियन नेपाली क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा नौ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us