खेलकुद

रोनाल्डोद्धारा नेमारको प्रशंसा

२०७२ मंसिर १२ गते १२:३७

एजेन्सी–पूर्व फिफा बर्ष खेलाडी ब्राजिलियन रोनाल्डोले युवा स्ट्राइकर नेमार जुनियरको प्रशंसा गरेका छन् । रोनाल्डोले नेमार दिनप्रतिदिन उत्कृष्ट बन्दै गएको बताएका छन् । रोनाल्डोले भन्छन्, ‘तपाईहरुले नेमारको खेल नियाल्नुभयो भने उसको खेलमा व्यापक सुधार आइरहेको देख्नुहुन्छ ।’ कुनै समय ब्राजिलियन खेलाडीको रुपमा खेलेर फिफा...

नेपालबाट बिदा हुँदै गर्दा दासानायकेले दिए यस्तो प्रतिक्रिया

२०७२ मंसिर ११ गते १५:५५

काठमाण्डु, ११ मंसिर-नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पु¥याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै शनिबार नेपालबाट बिदा हुँदै छन् । नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन्...

आइसिसी विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा

२०७२ मंसिर १० गते १५:५९

काठमाण्डु, १० मंसिर-बङ्गलादेशमा आगामी माघमा सञ्चालन हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको हो । समूह ‘डी’मा नेपालसहित बलिया तीन टेष्ट राष्ट्र...

अन्तर्राष्ट्रिय हात्तीपोलोः नेपालसहित चार देश विजयी

२०७२ मंसिर ८ गते ८:३८

परासी, ८ मंसिर – नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलंका र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्टपल...

यु–१९ क्रिकेट टोलीलाई जनही पचास हजार

२०७२ मंसिर ६ गते १९:४३

काठमाण्ड, ६ मंसिर-आइसिसी १९ वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएका नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान०ले सम्मान गर्ने भएको छ । क्यानको आइतबार बसेको बैठकले मलेसियामा गत अक्टोबरमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहेको नेपाली टोलीलाई सम्मानस्वरुप जनही...

उसकै मैदानमा रियल मड्रिडलाई बार्सिलोनाले धुलो चटायो !

२०७२ मंसिर ६ गते १२:३४

एजेन्सी– ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोनाले घरेलु टोली रियल मड्रिडविरुद्ध ४–० को शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै लिग लिडर बार्सिलोनाले ६ अंकको अग्रता लिएको छ । खेलमा लुइस स्वरेजले दुई गोल गरे । करिब दुई महिनापछि मैदान फर्किएका...

तेक्वान्दोमा पाँच खेलाडी छनोट

२०७२ मंसिर ५ गते २०:०१

काठमाण्डु, ५ मंसिर-एघारौँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप ९आइओएफटीसी०का लागि नेपालबाट पाँच खेलाडी छनोट भएका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका तीन पुरुष र दुई महिला खेलाडीले आगामी २०१६ को...

बिच भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

२०७२ मंसिर ४ गते १८:२१

इटहरी, ४ मङ्सिर-पूर्वाञ्चल भलिबल सङ्घको आयोजनामा इटहरीमा सञ्चालित तीनदिने बिच भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । सशस्त्र विभागीय टोली नेपाली सेनाको टोलीलाई पराजित गर्दै प्रथम भएको छ । प्रतियोगितामा सशस्त्र प्रहरीका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले नेपाली...

मेस्सी र रोनाल्डोको खेलमा आतंककारी हमलाको त्रास !

२०७२ मंसिर ४ गते १७:२८

एजेन्सी– एक हप्ताअघि फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी हमलाका कारण बार्सीलोना र रियल म्याड्रिडबीच यही शनिबार हुन लागेको खेल कडा सुरक्षाकाबीच खेलाइने बताइएको छ । विश्वकप फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिने यस खेलचलाई करिब ५० करोड दर्शकले टिभीमा हेर्नेछन् । यस म्याचद्धारा बार्सीलोनाका स्टार...

राइनो संरक्षण गोल्डकपमा काठमाण्डु ११ विजयी

२०७२ मंसिर ३ गते १९:१२

परासी, ३ मङ्ंसिर-नवलपरासीमा जारी राष्ट्रिय राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा काठमाण्डु ११ विजयी भएको छ । माडी फुटबल क्लब चितवनलाई २–० ले पराजित गर्दै काठमाण्डु ११ विजयी भएको हो । काठमाण्डु ११ का लागि खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग...

राष्ट्रिय कराते खेलाडी अमेरिका प्रस्थान

२०७२ मंसिर ३ गते १९:०६

काठमाण्डु, ३ मङ्सिर-राष्ट्रिय कराते खेलाडी सुनिल लामा फिका युएसए–२०१५ अन्तर्राष्ट्रिय कराते डो प्रतियोगितामा सहभागी हुन बिहीबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । नेपाल कराते महासङ्घद्वारा बिहीबार आयोजित कार्यक्रममा आयोजकका अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसीलगायतले सफलताको शुभकामना दिँदै बिदाई गरे । यही मङ्सिर ६...

जित्छ–जित्छ भन्दा भन्दै हार्यो नेपाल

२०७२ मंसिर २ गते १८:५२

काठमाण्डु, २ मंसिर– विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई पपुवा न्यूगिनीले लगातार दोस्रो पटक पराजित गरेको छ । सोमबार पहिलो खेलमा २ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवा न्यूगिनीले २ बल बाँकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us