खेलकुद

नवयुगका कारण फेरि मारियो बाजी

२०७३ जेठ ३ गते १९:०९

मोरङ, ३ जेठ-नवयुग श्रेष्ठको दुई गोलको मद्दतमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको छ । उर्लाबारीमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको टोलीलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि...

अन्तर्राष्ट्रिय कराते बिहीबारदेखि, ८२० खेलाडी सहभागी

२०७३ जेठ १ गते १७:३५

काठमाण्डुमा, १ जेठ – दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी बिहीबारदेखि नेपालमा हुँदैछ । नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली छ राष्ट्रले भाग लिनेछन् जसमा सबै राष्ट्रका गरी ८२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालबाट सर्वाधिक ४०० खेलाडीले भाग लिनेछन्...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पुरस्कृत

२०७३ वैशाख ३१ गते १७:१६

भक्तपुर, ३१ वैशाख-भक्तपुर नगरपालिकाले शुक्रबार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका १४ विधाका ६१ खेलाडीलाई नगदसहित पुरस्कार, पदक र ट्रयाक सुट प्रदान गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले १२ औँ दक्षिण एसियाली खेलको फुटबल टिम इभेन्टमा स्वर्ण पदक विजेता जगजित श्रेष्ठ, उसुका रजत...

रोनाल्डोले मेस्सीलाई पछारे

२०७३ वैशाख ३० गते १२:५६

एजेन्सी– बार्सिलोना क्लबका फुटबल स्टार लिओनल मेस्सीलाई पछि पार्दै रियल म्याड्रिडका क्रिष्टियानोे रोनाल्यो सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले निकालेको सूचीमा विश्वका धेरै कमाइ गर्ने फुटबलको पहिलो स्थानमा रोनाल्डो परेका हुन् । उनको कमाइ ८२ मिलियन डलर रहेको छ ।...

विमल घर्तीमगर उपचारका लागि बेल्जियम जाँदै

२०७३ वैशाख २९ गते १५:३७

काठमाण्डु, २९ वैशाख– नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर बुधबार बेल्जियम जाँदैछन् । भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग०मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् । बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन्...

हिमालयन टाइगरको धरहरा बनाउने धोको

२०७३ वैशाख २८ गते १८:४०

कतार, २८ वैशाख- विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर कतारमा रहेका छन् । नेपाल सरकारको पर्यटन बोर्डबाट पर्यटन सद्भावनादूतसमेत रहेका टाइगरले भूकम्पपछि नेपालको पर्यटकीय क्षेत्रमा परेको प्रभावलाई सकारात्मक सन्देश दिँदै विदेशीलाई नेपाल घुम्नका...

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तयारी पूरा

२०७३ वैशाख २८ गते १८:२८

काठमाण्डु, २८ वैशाख-नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) को आयोजनामा हुने नवौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाकारी दिए ।...

एन्फालाई फिफाले पठायो यस्तो जरुरी पत्र !

२०७३ वैशाख २८ गते १८:२४

काठमाण्डु, २८ वैशाख- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ । फिफाद्वारा मंगलबार पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो । झण्डै दुई...

जुनियर खुला लनटेनिस प्रतियोगिता हुने

२०७३ वैशाख २८ गते ११:५३

काठमाण्डु, २८ वैशाख – जुनियर लनटेनिस खेलाडीका अभिभावकको आयोजनामा तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता आगामी जेठ ४ गतेदेखि राजधानीमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा जम्मा १४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लनटेनिस सङ्घका सदस्यसमेत रहनुभएका आयोजकका अध्यक्ष अजय विष्टले जानकारी दिए...

विराट कोहलीले तोडे सचिनदेखि गेलसम्मको रेकर्ड

२०७३ वैशाख २६ गते १२:५४

एजेन्सी– भारतमा जारी आइपीएलमा पुणेविरुद्धको खेलमा शतक बनाएसँगै रोयल च्यालेनजर बैंगलोरका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । विराटले शनिबार १०८ रन बनाउदै टोलीलाई ७ विकेटले जिताए । शतक सँगै उनी यस्ता कप्तान बने जसले आइपीएलमा उकै सिजनमा दोश्रो शतक प्रहार गर्यो ।...

खेलकुद पत्रकारको अध्यक्षमा आचार्य

२०७३ वैशाख २५ गते १९:११

काठमाण्डु, २५ वैशाख-देशभरका खेलकुद पत्रकारको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा महेश आचार्य निर्वाचित भएका छन् । मञ्चको शनिबार यहाँ भएको अधिवेशनले आचार्यलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । त्यस्तै, प्रथम उपाध्यक्षमा दुर्गानाथ सुवेदी, महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा राजु घिसिङ र कोषाध्यक्षमा प्रज्वल...

धोनीलाई लाग्यो मज्जैको झड्का

२०७३ वैशाख २४ गते १६:५८

एजेन्सी– भारतमा जारी आइपीएलमा खराब प्रदर्शन बाट गुज्रिरहेको महेन्द्र सिहं धोनीको टीम राइजिंग पुनेलाई ठूलै झड्का लागेको छ । केही दिनअघि टोलीका बिस्फोटक ब्याट्सम्यान स्वीवन स्मीथ चोटका कारण स्वदेश फर्किएपछि उसलाई ठूलै झड्का लागेको हो । आफ्ना ८ खेलमध्ये ६ खेल हारेको पुनेका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us